Saturday, October 9, 2010

बिदेश आउनु ल ?????????

तिम्रो हाल के छ ??
सायद तिमी अहिले उन्नती मा
शिखर चुमी रहेको छौ होला
गाउ को स्कुल छोडेर
शहर को सुबिधा सम्पन्न
जीवन मा रमायेको छौ होला
सुनेको थिए तिमी बिदेश खोज्दै
हिंडेको छौ भन्ने
बिदेश जाने भिसा खोज्दै छौ रे
सपना को बिचार गर्दै भिसा मिल्ने नमिल्ने
कल्पनामा रमाउदै छौ रे
हो नेपालमा किन बस्ने र ??
आमाले भाकल राखेर
तिमीलाई बिदेश दिनु हुन्छ
देश ले तिमीलाई बिदेश दिन्छ
हाम्रो पास्पोटले तिमीलाई बिदेश दिन्छ
हो,,,उ पनि त अहिले यु के मा छ रे
अर्को अमेरिका मा छ रे
अनी तिमीले कुन पाप गरेको छौ र ???
नेपाल बस्ने मान्छे,
अभागि हो भन्ने गर्छौ रे
अनी दिन गन्ती गर्दैछौ रे
ल ल बधाई छ
तिम्रो गाउ को इज्जत रहनेछ
बिदेश आउनु ल
मैले धेरै कुरा गर्नु छ
हाल:केउटो ,अमेरिका

एउटा प्रश्न ???

तेही प्रश्न
जुन तिमिले मलाई सोध्थेउ
आज तिमी लाई म सोध्छु
भन के जुन प्यारो लाग्छ र
किन घाम लाई प्रेम नगर्ने
किन मधुरो नै प्रेम को प्रतिक हो र ?
किन दियो को लागि प्रेम लाई दाज्ने
किन तारा हरु को झिल्मिल लाई खोज्ने ?
त्यो म तिमीलाई सोध्ने छैन ,
थाहा छ तिम्रो मन को उज्यालो कति छ भनेर
तेही उज्यालो नै तिम्रो लागि ,
जुन र दियो भएर झुल्किन्छ
अनी एउटा मिर्मिरे को लागि
तिम्रो प्यार फुल्छ
फुलेको फुल लाई भन्दा कोपिल लाई
तिम्रो प्रेम बदी हुन्छ
दिउसो को सुर्य लाई भन्दा
बिलेको दियो प्यारो लाग्छ
अनी फेरि भन्न मन लाग्छ
तिमी कायर हौ की भनेर,
जीवन दिने उज्यालो को दुस्मन ,
प्रेम पाउने फुल को दुस्मन्,
तेही प्रश्न हो तिम्रो लागि
तेही हो फरक तिम्रो लागि
भो भोली फेरि सुर्य आउँदा
जुन लाई पर्ख है त ?????????
हाल :केउटो,अमेरिका

Thursday, July 8, 2010

हतार हतार को जिन्दगी

जन्मिये देखि आज सम्ममा पनि हतार ले छाडेको छैन
केही चिज गर्नु भन्दा पहिला सोच्न लाई हतार हुन्छ
भोली येस्तो हुँदैछ , के हुने होला भन्ने सोचाइ सबै लाई उचित लाग्छ ,तर हाम्रा गुरु तथा अग्रज हरु ले पनि भनेका छन् की चिन्ता र चिता मा केही फरक हुन्दैन
तर पनि हामी लाई सोचन लाई धेरै हतार हुन्छ ,अनी हामी आफ्नै निर्णय लाई पहिला नै स्वीकार गर्दछौ /हाम्रै निर्णय लाई सधैं हामी अन्तिम निर्णय भनेर स्वीकार गर्छौ /परिणाम लाई पर्खने हाम्रो कुनै प्रक्रिया हुन्दैन
अनी हामी सधैं असफल हुने गर्दछौ /यो सबै हतार को कुरा हो /यो कथा अरु पनि धेरै छन्/ क्रमस:


now :quito,S.AMERICA

Saturday, April 18, 2009

जिबन पाये

किन होला कहिले काही
बुझे जस्तो लाग्छ मलाई
हिजो भन्दा धेरै कुरा पाये जस्तो लाग्छ मलाई
तर एउटा कुरा सधैं छैन
हराइ रहन्छ सधैं भरी
मेरो जिबन मैले पाउन सकिन
भेट्न भयो मुस्किल मलाई
हिजो राती सपनीमा एउटा जिबन पाये मैले
भन्थ्यो तेस्ले मै हुँ तिम्रो जीबन सधैं

Wednesday, December 10, 2008

Change of life

Change is change
it is changing,heaven can change
change can change
if you change the change
mind can change
try to change yourself
try make newer mind in your heart
that will make you bigger
you are so quicker
you are so lighter
you are so brighter

if you think positive
you will get positive
(inspired by subconsious mind theory)

Wednesday, February 13, 2008

Yaha khoi ke lekhnu Ra?

Gas ko problem....ani electricity ko 18 ghanta load Shedding,Petrol ma line,Diesel Ma lam lagera hami nepali le ke creation garnu ra?Yaha,kasari lekhnu...hami dunge yug ma baera ke kura garnu ra...Nepal ma sachhai nai dhunge yug lageko ho ta?malai kehi pani creation garna mana lagena..pheri mero lekh chahi bidesh tira lagepachi matra suru huncha hola...hamro DRISHYA bhai le nikai ramro badhai dinu Bhayeko rahechha...Tara mero lekh yaha janman nasakele garda ma ...ekdum nai lazzit chu.thanks

Sunday, December 16, 2007

Nothing In these days

I think I am lost my creation with nepal's cold.so cold nowadays and my creation also as in snow.nothing new.after my aboard trip I will continued.all my blogs are born in foreign and in nepal I think nothing new concept.sorry for me......its ok.If I have must to write then that will come up in this page.Thanks

Monday, November 12, 2007

यस्तै रहेछ जीबन!!


उकाली वरालि,परिवर्तन,घाम छाया,अनी सत्य असत्य केहीपनि होइन रहेछ जिन्दगी।मैले भोगेको मात्र फरक हो कि सबैलाई उस्तै लाग्दछ।केही त भन्नै पर्‍यो,आखिर के रहेछ जिन्दगी।त्यही बिसौनी अनी त्यही परखाइ नै त हो नी जिन्दगी।अनबरत परखाइ आशा ,अनी भरोसा। तिर्सना अनी वाक्क लाग्दा आशा हरुले जेलेको जिन्दगी। फोकटका विश्वाश अनी आशाका त्यन्द्रा हरुले जालोमा फसेको छ।टाढाको मिर्गतिर्सना हरुमा पनिको आशा लाग्दो सपना हरुले पेट भरेर अघाएको झुसिलो डँकार हो कि जस्तो लाग्छ मलाई त यो जिन्दगी।त्यही भनेर मैले जिन्दगीको भोगाइ बाट टाढा भागन खोजेको त होइन नी।मैले आफुलाई पाएको भारी लाई बिसाउन खोजेको पनि होइन तर त्यो दिन सबैको आउछ तर तेही दिन आउँदैन, जुन दिन सबैलाई चहिएको हुन्छ। मलाई चाहिएको जिन्दगी अर्कोलाई भोगिएको हुन्छ। उस्को भोगिएको हामीलाई चाहिएको हुन्छ। उफ कस्तो बिडम्बना हो यो जिन्दगी। मिलेको दात जस्तो देखाए पनि भयो अनी लुकाए पनि भयो। तालु खुइलिएको जिन्दगी, टोपी बिना हिंड्नै नमिल्ने। लाज छोप्न भये पनि लगाउनै पर्ने। सबैलाई सबैको लाज लाग्ने। मलाई तिम्रो लाज लाग्ने तिमीलाई मेरो लाज लाग्ने। आखिर सबैको लाज चाँही कस्लाई लाग्ने। पाप पनि त छ नी यो जिन्दगीमा ,मलाई कस्को पाप लाग्ने?तिमिलाई कस्को पाप लाग्ने? धर्मको लागि लाग्ने पापलाई धर्मको लाज पनि सधैं लाग्छ।हासलाई कुखुराको लाज लाग्ने। बाख्रालाई बोकाको लाज लाग्ने,बाघलाई मिर्गको पाप लाग्ने कि नलाग्ने?बकुल्लालाई माछाको पाप लाग्ने कि नलाग्ने? जिन्दगीलाई लाग्ने धेरै छन्---पाप,धर्म्,लाज्,अनी मात। जिन्दगीमा लाग्दा पनि नहुने,नलाग्दा पनि नहुने-सबै भन्दा चर्को रहेछ---मात्।रातमा पनि चाहिने,साथमा पनि चाहिने---बिरानोमा पनि चाहिने,सिरानेमा पनि चाहिने। जिन्दगीको मात फेरी कहिले कस्लाई लाग्ने,कहिले कस्लाई लाग्ने।

Thursday, November 8, 2007

Happy Depawali

Sabai sathi tatha pathak haru lai happy deepawali......sabaiko khalti tanna hosh yehi mero subhakamana Chha.Thanks

Sunday, October 28, 2007

छाया, जिन्दगी र बाटो

हामीले छायालाई नजिक बाट हेरेपनि त्यसलाई कहिले पनि न त मेटाउन सक्छौ,अथवा त्यसको अभावलाई नै नियाल्न सकेका छौ। मैले अनुभव गरेको कुरा हो यो मलाई छायाको अभाव सधैं नै लाग्न थालेको छ।त्यो बाटोमा जब म जिन्दगीको कुनै मोड मा हिंडेको हुन्छु त्यहा मलाई मेरो छायाको अभाव भइरहेको हुन्छ।कस्तो आनौठो जस्तो लाग्छ यो कुरा धेरै साहित्य हो कि जस्तो पनि लाग्छ तर सत्यलाई कसरी भन्ने र,सत्य हास्ने र रुने फरक त हुँदैन अनी सत्य भन्ने पनि त फरक हुँदैन नी।छायालाई मैले मिस गरेको कुरा वास्तवमा नै मलाई नै अनौठो लाग्छ आजभोलि मलाई। जिबन र छाया कस्तो अनौठो combination मा बसेका छन। जीबन बिना छाया नै हुँदैन भने छाया बिना जीबन पनि त हुँदैन नी।हाम्रा लक्ष्यहरुको गोरेटो मा आखिर छायाले कती सम्म साथ दिएको हुन्छ। छाया i love you भन्दा पनि त्यो त्यती अनौठो लाग्दैन होला।किनकी त्यो छायाले मेरा हरेक उकाली ओराली हरुमा साथ दिएको छ। उफ! म कसरी तेस्लाई भुल्न सक्छु र।जिन्दगी को हरेक मोड हरुमा मैले उस्लाई पाएको छु अनी उ सँग केहीबेर रोकिएर घोरिएर केही सुस्केरा हरुमा फेरी भेटेको छु अनी सधैं उस्को हौसला म प्रती सधैं रहेको पाएको छु। आजको यो स्वार्थी संसारमा केही नपाई कन साथ दिने त्यही छायालाई मेरो धेरै सम्झना छ। केही स्वार्थहरुमा साथ दिने हरुको लागि ठुलो निस्वार्थ त्याग र बलिदान दिने छायालाई मैले कसरी भुल्नु र। आखिर मित्र त मित्र नै हो जो केही बोलोस या नबोलोस केही भनोस या नभनोस,मित्रले साथ चाँही छोड्नु हुँदैन भन्ने शायद उस्लाई थाहा छ। साथ भनेको अमुल्य हुन्छ भन्ने पनि उस्ले जानेको रहेछ,त्यसैले त उस्को साथ म प्रती हरदम रहेको छ।जिन्दगिको बाटोमा त्यो छायाको याद हरुमा म हरदम यही भनी रहेको छु।अस्तु।

Saturday, September 22, 2007

Wednesday, September 19, 2007

तितो सत्य र मिठो सत्य


सत्य आखिर तितो भएपनि या मिठो नै भएपनि सधैं सत्यनै त रहन्छ। सत्यलाई किन तितो र मिठो भन्नु पर्‍यो र?आखिर हामी हाम्रो जीबन जीउनु पनि त सत्य नै हो,यो तितो सत्य हो कि मिठो सत्य हो त?हाम्रा नेताहरुले जिएको जिन्दगी र उनिहरुले ढाटेको कुराहरुलाई कुन सत्य मान्ने त? हिजो जुन कुरालाई उनिहरुले ठुलो देखाउने दातको रुपमा लिएर आए त्यो पनि सत्य नै हो। आज आएर फेरी अर्को नाटक अघाडी आएको छ,त्यस्लाई सत्य मान्ने कि न मान्ने त?हिजोको जुन कुरालाई राजनीतिक रुपमा स्विकार गरे आज आएर त्यही कुरा नै फेरी अर्को रुपमा आएर बस्यो सत्यको ठाउमा।मलाई त सत्य नै झुटो हुन लाग्यो कि जस्तो लाग्छ।सत्यलाई साथ लिएर सधैं असत्यको नै रुप भेटिन्छ भने किन सत्य र झुटोको बिबादमा रहनु पर्‍यो र?आज भोली हामी सबैको जिन्दगी आखिर ढाटेको भरमा त चलेको छ। हामी खाएको कुरालाई खाएको छैन,गरेको कुरालाई गरेको छैन भनेर नै जिन्दगी बिताइ रहेका छौ।हामी ईन्डियालाई अमेरिका र सिङ्गापुरलाई यूरोप भनेर पनि ढाटी रहेका त छौ। असत्यलाई नै सत्य थानेर बसेका छौ।त्यसैले हामीले हाम्रो जीवनमा असत्यलाई नै त अङ्गालेको छ। आखिर जीबन त असत्य नै रहेछ। जिबनले न त सत्य पायो न त असत्यलाई नै चिन्न सक्यो।यो दोधारको जीबनलाई हामीले कहिले सम्म जिउने हो?मैले भोगेको सत्य हो,हिजो हामी सबैलाई शिक्षा र जागिरको खाचो थियो। आज आएर अमेरिका र यूरोपको खाचो छ। घर घर लाई अरब चाहिएको छ। अनी ब्यक्ती ब्यक्तीलाई आजको रबाफको दौडमा सहभागी हुनु छ। अनी मान्छे मान्छेलाई सधैं सत्य र असत्य ले गाजी रहेको छ। आखिर हामी मिठो सत्य र तितो सत्यको खोजी नै गरिरहेका छौ। कहिले सम्म हामीले सत्यलाई खोज्ने हो?

Thursday, September 13, 2007

ब्लग ब्लग अनी ब्लग

श्रुती लेखनबाट सुरु भएको हाम्रो परम्पराले आज भोली ब्लगको रुपमा भएका श्रीजनाहरुले सबैको ध्यानलाई समेटेको पाउदा मलाई खुशी लागेको छ।
कती राम्रो पक्ष छ यो आँफैमा ।श्रीजना हुन्छ एकान्तमा अनी सबैको माझमा धेरै शुभकामनाहरु साथ् फेरी अर्को श्रीजनाको लागि अह्वान लिएर लेखकोलागि तयार हुनलाई अह्वान गर्छ। ती सबै सहयोग जुटाउने हातहरु पनि धन्य छन्।अनी कती ब्लग आए भनेर नियाल्ने आँखाहरु त साचै नै उत्कृष्ट नै हुन। ब्लगले मलाई पनि धेरै नै श्रीजना गराउछ होला जस्तो लाग्छ।
मलाई याद छ त्यो दिन जुन दिनहरु मा म समालोचना दैनिकमा लेखहरु प्रकाशन गर्थे। मलाई मेरो अग्रज दाई डा. तुलसी भट्टराईले तिमीले लेखनु पर्छ है, भन्नु भएको थियो।वहाँलाई मेरो अन्ना कारानिन्नाको समलोचना धेरै मन परेछ।
यहाँ आएर मलाई मान्छेको नजिक भएको कुरा नै जिन्दगीमा बढी अर्थ लाग्छ जस्तो पनि भन्ने लाग्छ।किनकी कम्प्युटरले यदी मलाई सधैं साथ पाउछ भने मलाई पनि त त्यो ठाउँमा केही गरौ कि जस्तो लाग्नु स्वाभाबिक नै हो।
यो त राम्रो पक्ष हो।हामी त यस्तो अवस्थामा छौ कि, हामी प्रयोग त गर्छौ तर त्यस्को भोलीलाई असर कस्तो हुन्छ भन्ने कुराको हामी सबैलाई थाहा हुँदैन।मलाई पनि त थाहा छैन नी।म पनि प्रयोग गर्दैछु। आज भोलीको राम्रो पक्ष भोलीलाई नराम्रो कुरामा पनि त भेटिन सक्छ।
आइन्स्टाइनले नराम्रो कुरालाई त ल्याएनन तर त्यस्को प्रभाव नराम्रो पनि त धेरै रहयो।मतलब मेरो यो होइन, हामी सबै गलत गरी रहेका छौ भन्ने। तर हामी सबैले रुचाएको कुरा नै भोली गलत नहोस भन्ने मेरो मनसाय हो।
आजको यो हाम्रो ब्लगको पारीभाशा भोलीको लागि यौटा ठुलो चुनौती नहोस भन्ने कुरा हो।मलाई त लाग्छ ब्लगपनि भित्ते लेखन प्रकृया जस्तो रुपमा पनि भोलीलाई चुनौती हुन सक्दैन भन्न सकिन्न।
हाम्रा पुर्खाहरुले भित्ता लेखन कार्यलाई ओढारमा पनि बाँकी राखेनन तर आज आएर ओढारको लेखनलाई पुरातात्विक भनेर ठुलो महत्व दीइन्छ।भोलीको जमानामा पनि हाम्रा ब्लगहरु पत्ता लगाएर ठुला ठुला बैज्ञानीकहरु जन्मिन सक्छन।
हाम्रो ब्लगले तत्कालिन अवस्थाको यौटा पाटोलाई चित्रित गर्ने ठुलो पाईला हो भनेर पत्रीकाको पाना भरिने दिन पनि त आउन सक्छ।जे होस मेरो यो अन्दाज मात्र हो।ब्लगको सुरुवात त राम्रो प्रक्रिया हो,म पनि यही त भन्न सक्छु।

Wednesday, September 12, 2007

पीडा द कपि क्याट

कती सारो पिडा भएको आज भोली मलाई----यो वाक्य तपाईंलाई पनि हुन सक्छ।पिडा त पिडा नै हो, तपाइ पनि र म पनि त्यस लाई थाम्न सक्दैनौ।तर पिडा पनि कपि क्याट हुन्छ र?म पनि यही कुरा लाई यहाँ प्रस्तुत गर्न लागेको छु। आज भोली सबै लाई यौटै पिडा छ। शायद तपाईं पनि मेरै पिडा मा त हुनुहुन्न होला,तर पिडा तपाईं लाई पनि कपि हुन सक्छ।बैदेशिक रोजगार को पिडा लाई हेरौ,सबैलाई थाहा छ, त्यस पिडामा कती मान्छे रुम्लिएका छन भनेर तर त्यो पिडा भोली तपाईं लाई पनि सर्न सक्छ।हामी सबैलाई पिडा को जुनसुकै रुप को पनि कपि भएको पाउछौ।हिजो मान्छे मर्ने (माओबादी) आन्दोलनको पिडा सबै लाई थाहा थियो,तर पनि त्यो पिडा मा गाउ गाउ बाट मान्छे हरु सधैं आफु आफुलाईनै हाली रहेका थिए,मानी लिउ सबै लाई त्यही पिडाले समाती रहेको छ।पिडाले कसैलाई छोड्दैन।तर त्यो सबैलाई कपि भएको नै हुन्छ। आज भोली अर्को पिडा पनि छ नेपाली हरु मा त्यो हो राजनीति को पिडा सबै लाई जातिय राजनीतिको पिडाले कार्बोन झै कपि भएको छ।थुप्रै जातिय राजनीतिहरु नेपालमा यौटा पिडाको रुप मा नै छन्।अनी अर्को पिडा हो, नेपाल कै भये पनि नेपाली जस्तो देखिन्छु कि भन्ने पिडा छ (भर्खर मात्र पत्ता लगेको पिडा)। किन कि नेपाली ले त अर्को नेपाली लाई सहयोग गर्नुपर्छ। उस्को सुख दु:ख मा पनि ध्यान त दिनु नै पर्‍यो।नेपालिनै जस्तो नभये पछी त कुरै खलास हैन त। नया नयाँ पिडाहरु आज भोली सबै नेपालीहरुमा देखिन थालेका छन। तर पिडाको कपि भएर तपाईं लाई पनि पर्छ भन्ने कुरा म तपाईं लाई भनी रहेको छु।त्यसैले मलाई परेको पिडा थाहा पाएर तपाईं मक्ख न पर्नुहोला, किनकी मैले पिडा द कपि क्याट भनेर माथि नै भनेको छु है होसियार रहनु होला।

Saturday, September 8, 2007

फेरी एक्पल्ट नारायण गोपाल सँग

फेरी एक्पल्ट नारायण गोपालसँग मैले आफुलाई एक्लो ठानेको थिए।
त्यो एउटा टापु सिङापुर र मलेसियाको बोडरमा एम.पी. थ्रीसँग रमाउदै थिए।
क्षितिज पारी हीड्न तयार जहाजहरु एकै पङ्तीमा लामा भएर बसेका देखिन्थे।
मलाई मेरै एक्लोपनको आभाश थियो। त्यो सुन्दर ठाउँ अनी मेरा नौला तरङहरुले मलाई नै झस्काइ रहेका थिए।
"यौटा मान्छेको मायाले कती फरक पार्दछ,जिन्दगीमा" भन्ने गीत मेरो मुटु
मा एअरफोनको तारबाट मुटु मै प्रबेश गरी रहेको थियो।त्यो बातावरणमा
मैले आफ्नु एक्लो पनमा नारायण गोपाललाई पाउनु पनि बिज्ञानको ठुलो
चमत्कार नै भएको थियो।धन्य छ है, हाम्रा अग्रजहरुलाई जस्ले मानिसका
हरेक परिस्थितीहरु सँग आफुलाई पनि हालेर हेर्ने कुराको बिकास गर्‍यो।

"केही मिठो बात गर'' भन्ने बोलको गीतले मलाई भित्र भीत्रै नारायण गोपाल सँग नयाँ एउटा अटुट सम्बन्धको आवाह्वन गरेको लाग्थ्यो।मालाई ई. सी. पी. पार्कको त्यो
बातावरणमा उन्को राम्रो साथ मिलेको थियो।समुन्द्रको लहर,शान्त अनी
रमाइलो ठाउँमा मैले किन नौलो चिजसँग मितेरी लाए जस्तो भान भये
जस्तो लाग्थ्यो।"माया गर्नेको ,चोखो माया पनि देखियो" यो वाक्यले मलाई
कताकता नेपाल प्रतिको मेरो मायालाई नै जिस्काए जस्तो लाग्यो।
आजकालका तन्नेरीहरुको बीदेशी मोहलाई नै नारायणले जिस्काएका हुन
कि जस्तो लाग्यो मलाई कताकता।"एती धेरै माया दीइ,मन भरी दु:ख नदेउ"
"जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार छ्न्"मैले आफ्नै खेतबारी
हरुको माया सम्झिए। मनमा भएका उथल पुथलहरुलाई नियाले।
नेपालको मायाले, भाषाको मायाले सतएको बेला"यो सम्झिने मन छ, म भुलु कसरी"भन्दा उन्को पनि त्यो बिछोड र मिलनको दोसाध लाई मैले पनि सम्झिए।

"पखाले यी आँखा पनि द्रिश्य उही छ " साच्चै ती मेरो नेपालका द्रिश्य म कसरी
यो छातीबाट हटाउ। "आजै र राती के देखे सपना, मै मरी गएको" भन्ने गीतले मलाई नरमाइलो पनाको आभाश दियो। कतै हरेक नेपालीहरुको प्रतिनिधित्व यो गीतले अहिले गरेको छैन र?

मनमा हरेक बहानामा मरेका सबै नेपालीहरुलाई सम्झिएर मन दुखेर आयो।
धेरै मान्छेको हुलमा मेरो यो मनले नेपाली सम्झना ताजा लिएर हिडिरहेको थियो।
आहा! कती राम्रो द्रिश्य, मनमा तरङहरु खेली रहेका थिए।

"कुल्चिएर आँफै लाई हिंड्नु परया छ।" साच्चै नै हामी सबैको पीडा हो यो वाक्य,
मैले टोलाएर मात्र सोचिरहे। नेपाललाई एउटा बुद्दको खाचो छ। अनी एउटा श्रवन
कुमारको खाचो छ,जस्ले शान्तीका पल्लाहरुमा विश्व शान्तीको मन्दीरमा लग्न सकोस्।

हे! भगवान मेरो नेपाललाई बचाउ, कसरी हुन्छ त्यो हाम्रो आस्थालाई बिक्न नदेउ।
मैले मन मनै कामना गरे। "मलाई नसोध ,कहा दुख्छ घाऊ, म जे छु, ठिकै छु,बिथोल्न न आउ" किन होला धेरै चिन्ताहरुलाई मैले पाए।
"मेरो घाऊ तिमी नहासे पो दुख्छ "साच्चै नै हामीले हास्न पनि बिर्सेंको हो त?
नारायणले शायद हाम्रो यो दु:खद दिनको कल्पना लाई नै हेरर भनेका
हुन कि जस्तो लाग्यो।
"मेरो यो गीतमा,जुन मुर्छना छ,त्यो तिमी होइनौ, को भन्न सक्छ?"
वास्तवमा हामी सबै यो गीतका पङती हौ । हामीलाई त्यही मुर्छनाले सताएको छ।
यीनै गीतका पङ्तीहरुमा झुल्दै त्यो पार्कमा साँझ परेको पत्तै भएन।
नारायण गोपाल दाईलाई याद गर्दै म पनि फेरी अरु गोरेटोहरुमा बिस्तारै हिंडे।
नजिकै साचै कती हरफहरुमा हामीलाई नारायण दाईले समेटे हामीहरु लाई।
सलाम छ, दाई तपाईंलाई।

Thursday, September 6, 2007

जीबन कारखाना


हिजो को जस्तो होइन
पहिलेको जस्तो पनि होइन
किन किन मलाई नयाँ
जीवन चाहियो
मलाई आज जीवन कारखना
खोल्न मन लाग्यो
बम ले पनि नफुट्ने
बन्दुक ले पनि नछेड्ने
एुटा जीवन चाहियो
किन किन मलाई नया
जीवन कार्खना
खोल्न मन लाग्यो
नयाँ होइन मलाई
पुरनो मोडेल नै
पछी लाई होइन अहिले लाई नै
नयाँ जीवन खोज्न मन लाग्यो
किन किन मलाई जीवन
कार्खना खोल्न मन लाग्यो
एक् जीवन ले नपुग्ने भयो
धेरै लाई जिउन गाह्रो भयो
आज को जस्तो जिन्दगी
भोली पनि चाहियो
किन किन मलाई एुटा जीवन
कर्खान खोल्न मन लाग्यो।