Wednesday, February 13, 2008

Yaha khoi ke lekhnu Ra?

Gas ko problem....ani electricity ko 18 ghanta load Shedding,Petrol ma line,Diesel Ma lam lagera hami nepali le ke creation garnu ra?Yaha,kasari lekhnu...hami dunge yug ma baera ke kura garnu ra...Nepal ma sachhai nai dhunge yug lageko ho ta?malai kehi pani creation garna mana lagena..pheri mero lekh chahi bidesh tira lagepachi matra suru huncha hola...hamro DRISHYA bhai le nikai ramro badhai dinu Bhayeko rahechha...Tara mero lekh yaha janman nasakele garda ma ...ekdum nai lazzit chu.thanks

Sunday, December 16, 2007

Nothing In these days

I think I am lost my creation with nepal's cold.so cold nowadays and my creation also as in snow.nothing new.after my aboard trip I will continued.all my blogs are born in foreign and in nepal I think nothing new concept.sorry for me......its ok.If I have must to write then that will come up in this page.Thanks

Monday, November 12, 2007

यस्तै रहेछ जीबन!!


उकाली वरालि,परिवर्तन,घाम छाया,अनी सत्य असत्य केहीपनि होइन रहेछ जिन्दगी।मैले भोगेको मात्र फरक हो कि सबैलाई उस्तै लाग्दछ।केही त भन्नै पर्‍यो,आखिर के रहेछ जिन्दगी।त्यही बिसौनी अनी त्यही परखाइ नै त हो नी जिन्दगी।अनबरत परखाइ आशा ,अनी भरोसा। तिर्सना अनी वाक्क लाग्दा आशा हरुले जेलेको जिन्दगी। फोकटका विश्वाश अनी आशाका त्यन्द्रा हरुले जालोमा फसेको छ।टाढाको मिर्गतिर्सना हरुमा पनिको आशा लाग्दो सपना हरुले पेट भरेर अघाएको झुसिलो डँकार हो कि जस्तो लाग्छ मलाई त यो जिन्दगी।त्यही भनेर मैले जिन्दगीको भोगाइ बाट टाढा भागन खोजेको त होइन नी।मैले आफुलाई पाएको भारी लाई बिसाउन खोजेको पनि होइन तर त्यो दिन सबैको आउछ तर तेही दिन आउँदैन, जुन दिन सबैलाई चहिएको हुन्छ। मलाई चाहिएको जिन्दगी अर्कोलाई भोगिएको हुन्छ। उस्को भोगिएको हामीलाई चाहिएको हुन्छ। उफ कस्तो बिडम्बना हो यो जिन्दगी। मिलेको दात जस्तो देखाए पनि भयो अनी लुकाए पनि भयो। तालु खुइलिएको जिन्दगी, टोपी बिना हिंड्नै नमिल्ने। लाज छोप्न भये पनि लगाउनै पर्ने। सबैलाई सबैको लाज लाग्ने। मलाई तिम्रो लाज लाग्ने तिमीलाई मेरो लाज लाग्ने। आखिर सबैको लाज चाँही कस्लाई लाग्ने। पाप पनि त छ नी यो जिन्दगीमा ,मलाई कस्को पाप लाग्ने?तिमिलाई कस्को पाप लाग्ने? धर्मको लागि लाग्ने पापलाई धर्मको लाज पनि सधैं लाग्छ।हासलाई कुखुराको लाज लाग्ने। बाख्रालाई बोकाको लाज लाग्ने,बाघलाई मिर्गको पाप लाग्ने कि नलाग्ने?बकुल्लालाई माछाको पाप लाग्ने कि नलाग्ने? जिन्दगीलाई लाग्ने धेरै छन्---पाप,धर्म्,लाज्,अनी मात। जिन्दगीमा लाग्दा पनि नहुने,नलाग्दा पनि नहुने-सबै भन्दा चर्को रहेछ---मात्।रातमा पनि चाहिने,साथमा पनि चाहिने---बिरानोमा पनि चाहिने,सिरानेमा पनि चाहिने। जिन्दगीको मात फेरी कहिले कस्लाई लाग्ने,कहिले कस्लाई लाग्ने।

Thursday, November 8, 2007

Happy Depawali

Sabai sathi tatha pathak haru lai happy deepawali......sabaiko khalti tanna hosh yehi mero subhakamana Chha.Thanks

Sunday, October 28, 2007

छाया, जिन्दगी र बाटो

हामीले छायालाई नजिक बाट हेरेपनि त्यसलाई कहिले पनि न त मेटाउन सक्छौ,अथवा त्यसको अभावलाई नै नियाल्न सकेका छौ। मैले अनुभव गरेको कुरा हो यो मलाई छायाको अभाव सधैं नै लाग्न थालेको छ।त्यो बाटोमा जब म जिन्दगीको कुनै मोड मा हिंडेको हुन्छु त्यहा मलाई मेरो छायाको अभाव भइरहेको हुन्छ।कस्तो आनौठो जस्तो लाग्छ यो कुरा धेरै साहित्य हो कि जस्तो पनि लाग्छ तर सत्यलाई कसरी भन्ने र,सत्य हास्ने र रुने फरक त हुँदैन अनी सत्य भन्ने पनि त फरक हुँदैन नी।छायालाई मैले मिस गरेको कुरा वास्तवमा नै मलाई नै अनौठो लाग्छ आजभोलि मलाई। जिबन र छाया कस्तो अनौठो combination मा बसेका छन। जीबन बिना छाया नै हुँदैन भने छाया बिना जीबन पनि त हुँदैन नी।हाम्रा लक्ष्यहरुको गोरेटो मा आखिर छायाले कती सम्म साथ दिएको हुन्छ। छाया i love you भन्दा पनि त्यो त्यती अनौठो लाग्दैन होला।किनकी त्यो छायाले मेरा हरेक उकाली ओराली हरुमा साथ दिएको छ। उफ! म कसरी तेस्लाई भुल्न सक्छु र।जिन्दगी को हरेक मोड हरुमा मैले उस्लाई पाएको छु अनी उ सँग केहीबेर रोकिएर घोरिएर केही सुस्केरा हरुमा फेरी भेटेको छु अनी सधैं उस्को हौसला म प्रती सधैं रहेको पाएको छु। आजको यो स्वार्थी संसारमा केही नपाई कन साथ दिने त्यही छायालाई मेरो धेरै सम्झना छ। केही स्वार्थहरुमा साथ दिने हरुको लागि ठुलो निस्वार्थ त्याग र बलिदान दिने छायालाई मैले कसरी भुल्नु र। आखिर मित्र त मित्र नै हो जो केही बोलोस या नबोलोस केही भनोस या नभनोस,मित्रले साथ चाँही छोड्नु हुँदैन भन्ने शायद उस्लाई थाहा छ। साथ भनेको अमुल्य हुन्छ भन्ने पनि उस्ले जानेको रहेछ,त्यसैले त उस्को साथ म प्रती हरदम रहेको छ।जिन्दगिको बाटोमा त्यो छायाको याद हरुमा म हरदम यही भनी रहेको छु।अस्तु।

Saturday, September 22, 2007

Wednesday, September 19, 2007

तितो सत्य र मिठो सत्य


सत्य आखिर तितो भएपनि या मिठो नै भएपनि सधैं सत्यनै त रहन्छ। सत्यलाई किन तितो र मिठो भन्नु पर्‍यो र?आखिर हामी हाम्रो जीबन जीउनु पनि त सत्य नै हो,यो तितो सत्य हो कि मिठो सत्य हो त?हाम्रा नेताहरुले जिएको जिन्दगी र उनिहरुले ढाटेको कुराहरुलाई कुन सत्य मान्ने त? हिजो जुन कुरालाई उनिहरुले ठुलो देखाउने दातको रुपमा लिएर आए त्यो पनि सत्य नै हो। आज आएर फेरी अर्को नाटक अघाडी आएको छ,त्यस्लाई सत्य मान्ने कि न मान्ने त?हिजोको जुन कुरालाई राजनीतिक रुपमा स्विकार गरे आज आएर त्यही कुरा नै फेरी अर्को रुपमा आएर बस्यो सत्यको ठाउमा।मलाई त सत्य नै झुटो हुन लाग्यो कि जस्तो लाग्छ।सत्यलाई साथ लिएर सधैं असत्यको नै रुप भेटिन्छ भने किन सत्य र झुटोको बिबादमा रहनु पर्‍यो र?आज भोली हामी सबैको जिन्दगी आखिर ढाटेको भरमा त चलेको छ। हामी खाएको कुरालाई खाएको छैन,गरेको कुरालाई गरेको छैन भनेर नै जिन्दगी बिताइ रहेका छौ।हामी ईन्डियालाई अमेरिका र सिङ्गापुरलाई यूरोप भनेर पनि ढाटी रहेका त छौ। असत्यलाई नै सत्य थानेर बसेका छौ।त्यसैले हामीले हाम्रो जीवनमा असत्यलाई नै त अङ्गालेको छ। आखिर जीबन त असत्य नै रहेछ। जिबनले न त सत्य पायो न त असत्यलाई नै चिन्न सक्यो।यो दोधारको जीबनलाई हामीले कहिले सम्म जिउने हो?मैले भोगेको सत्य हो,हिजो हामी सबैलाई शिक्षा र जागिरको खाचो थियो। आज आएर अमेरिका र यूरोपको खाचो छ। घर घर लाई अरब चाहिएको छ। अनी ब्यक्ती ब्यक्तीलाई आजको रबाफको दौडमा सहभागी हुनु छ। अनी मान्छे मान्छेलाई सधैं सत्य र असत्य ले गाजी रहेको छ। आखिर हामी मिठो सत्य र तितो सत्यको खोजी नै गरिरहेका छौ। कहिले सम्म हामीले सत्यलाई खोज्ने हो?