Sunday, October 28, 2007

छाया, जिन्दगी र बाटो

हामीले छायालाई नजिक बाट हेरेपनि त्यसलाई कहिले पनि न त मेटाउन सक्छौ,अथवा त्यसको अभावलाई नै नियाल्न सकेका छौ। मैले अनुभव गरेको कुरा हो यो मलाई छायाको अभाव सधैं नै लाग्न थालेको छ।त्यो बाटोमा जब म जिन्दगीको कुनै मोड मा हिंडेको हुन्छु त्यहा मलाई मेरो छायाको अभाव भइरहेको हुन्छ।कस्तो आनौठो जस्तो लाग्छ यो कुरा धेरै साहित्य हो कि जस्तो पनि लाग्छ तर सत्यलाई कसरी भन्ने र,सत्य हास्ने र रुने फरक त हुँदैन अनी सत्य भन्ने पनि त फरक हुँदैन नी।छायालाई मैले मिस गरेको कुरा वास्तवमा नै मलाई नै अनौठो लाग्छ आजभोलि मलाई। जिबन र छाया कस्तो अनौठो combination मा बसेका छन। जीबन बिना छाया नै हुँदैन भने छाया बिना जीबन पनि त हुँदैन नी।हाम्रा लक्ष्यहरुको गोरेटो मा आखिर छायाले कती सम्म साथ दिएको हुन्छ। छाया i love you भन्दा पनि त्यो त्यती अनौठो लाग्दैन होला।किनकी त्यो छायाले मेरा हरेक उकाली ओराली हरुमा साथ दिएको छ। उफ! म कसरी तेस्लाई भुल्न सक्छु र।जिन्दगी को हरेक मोड हरुमा मैले उस्लाई पाएको छु अनी उ सँग केहीबेर रोकिएर घोरिएर केही सुस्केरा हरुमा फेरी भेटेको छु अनी सधैं उस्को हौसला म प्रती सधैं रहेको पाएको छु। आजको यो स्वार्थी संसारमा केही नपाई कन साथ दिने त्यही छायालाई मेरो धेरै सम्झना छ। केही स्वार्थहरुमा साथ दिने हरुको लागि ठुलो निस्वार्थ त्याग र बलिदान दिने छायालाई मैले कसरी भुल्नु र। आखिर मित्र त मित्र नै हो जो केही बोलोस या नबोलोस केही भनोस या नभनोस,मित्रले साथ चाँही छोड्नु हुँदैन भन्ने शायद उस्लाई थाहा छ। साथ भनेको अमुल्य हुन्छ भन्ने पनि उस्ले जानेको रहेछ,त्यसैले त उस्को साथ म प्रती हरदम रहेको छ।जिन्दगिको बाटोमा त्यो छायाको याद हरुमा म हरदम यही भनी रहेको छु।अस्तु।