Saturday, September 22, 2007

Wednesday, September 19, 2007

तितो सत्य र मिठो सत्य


सत्य आखिर तितो भएपनि या मिठो नै भएपनि सधैं सत्यनै त रहन्छ। सत्यलाई किन तितो र मिठो भन्नु पर्‍यो र?आखिर हामी हाम्रो जीबन जीउनु पनि त सत्य नै हो,यो तितो सत्य हो कि मिठो सत्य हो त?हाम्रा नेताहरुले जिएको जिन्दगी र उनिहरुले ढाटेको कुराहरुलाई कुन सत्य मान्ने त? हिजो जुन कुरालाई उनिहरुले ठुलो देखाउने दातको रुपमा लिएर आए त्यो पनि सत्य नै हो। आज आएर फेरी अर्को नाटक अघाडी आएको छ,त्यस्लाई सत्य मान्ने कि न मान्ने त?हिजोको जुन कुरालाई राजनीतिक रुपमा स्विकार गरे आज आएर त्यही कुरा नै फेरी अर्को रुपमा आएर बस्यो सत्यको ठाउमा।मलाई त सत्य नै झुटो हुन लाग्यो कि जस्तो लाग्छ।सत्यलाई साथ लिएर सधैं असत्यको नै रुप भेटिन्छ भने किन सत्य र झुटोको बिबादमा रहनु पर्‍यो र?आज भोली हामी सबैको जिन्दगी आखिर ढाटेको भरमा त चलेको छ। हामी खाएको कुरालाई खाएको छैन,गरेको कुरालाई गरेको छैन भनेर नै जिन्दगी बिताइ रहेका छौ।हामी ईन्डियालाई अमेरिका र सिङ्गापुरलाई यूरोप भनेर पनि ढाटी रहेका त छौ। असत्यलाई नै सत्य थानेर बसेका छौ।त्यसैले हामीले हाम्रो जीवनमा असत्यलाई नै त अङ्गालेको छ। आखिर जीबन त असत्य नै रहेछ। जिबनले न त सत्य पायो न त असत्यलाई नै चिन्न सक्यो।यो दोधारको जीबनलाई हामीले कहिले सम्म जिउने हो?मैले भोगेको सत्य हो,हिजो हामी सबैलाई शिक्षा र जागिरको खाचो थियो। आज आएर अमेरिका र यूरोपको खाचो छ। घर घर लाई अरब चाहिएको छ। अनी ब्यक्ती ब्यक्तीलाई आजको रबाफको दौडमा सहभागी हुनु छ। अनी मान्छे मान्छेलाई सधैं सत्य र असत्य ले गाजी रहेको छ। आखिर हामी मिठो सत्य र तितो सत्यको खोजी नै गरिरहेका छौ। कहिले सम्म हामीले सत्यलाई खोज्ने हो?

Thursday, September 13, 2007

ब्लग ब्लग अनी ब्लग

श्रुती लेखनबाट सुरु भएको हाम्रो परम्पराले आज भोली ब्लगको रुपमा भएका श्रीजनाहरुले सबैको ध्यानलाई समेटेको पाउदा मलाई खुशी लागेको छ।
कती राम्रो पक्ष छ यो आँफैमा ।श्रीजना हुन्छ एकान्तमा अनी सबैको माझमा धेरै शुभकामनाहरु साथ् फेरी अर्को श्रीजनाको लागि अह्वान लिएर लेखकोलागि तयार हुनलाई अह्वान गर्छ। ती सबै सहयोग जुटाउने हातहरु पनि धन्य छन्।अनी कती ब्लग आए भनेर नियाल्ने आँखाहरु त साचै नै उत्कृष्ट नै हुन। ब्लगले मलाई पनि धेरै नै श्रीजना गराउछ होला जस्तो लाग्छ।
मलाई याद छ त्यो दिन जुन दिनहरु मा म समालोचना दैनिकमा लेखहरु प्रकाशन गर्थे। मलाई मेरो अग्रज दाई डा. तुलसी भट्टराईले तिमीले लेखनु पर्छ है, भन्नु भएको थियो।वहाँलाई मेरो अन्ना कारानिन्नाको समलोचना धेरै मन परेछ।
यहाँ आएर मलाई मान्छेको नजिक भएको कुरा नै जिन्दगीमा बढी अर्थ लाग्छ जस्तो पनि भन्ने लाग्छ।किनकी कम्प्युटरले यदी मलाई सधैं साथ पाउछ भने मलाई पनि त त्यो ठाउँमा केही गरौ कि जस्तो लाग्नु स्वाभाबिक नै हो।
यो त राम्रो पक्ष हो।हामी त यस्तो अवस्थामा छौ कि, हामी प्रयोग त गर्छौ तर त्यस्को भोलीलाई असर कस्तो हुन्छ भन्ने कुराको हामी सबैलाई थाहा हुँदैन।मलाई पनि त थाहा छैन नी।म पनि प्रयोग गर्दैछु। आज भोलीको राम्रो पक्ष भोलीलाई नराम्रो कुरामा पनि त भेटिन सक्छ।
आइन्स्टाइनले नराम्रो कुरालाई त ल्याएनन तर त्यस्को प्रभाव नराम्रो पनि त धेरै रहयो।मतलब मेरो यो होइन, हामी सबै गलत गरी रहेका छौ भन्ने। तर हामी सबैले रुचाएको कुरा नै भोली गलत नहोस भन्ने मेरो मनसाय हो।
आजको यो हाम्रो ब्लगको पारीभाशा भोलीको लागि यौटा ठुलो चुनौती नहोस भन्ने कुरा हो।मलाई त लाग्छ ब्लगपनि भित्ते लेखन प्रकृया जस्तो रुपमा पनि भोलीलाई चुनौती हुन सक्दैन भन्न सकिन्न।
हाम्रा पुर्खाहरुले भित्ता लेखन कार्यलाई ओढारमा पनि बाँकी राखेनन तर आज आएर ओढारको लेखनलाई पुरातात्विक भनेर ठुलो महत्व दीइन्छ।भोलीको जमानामा पनि हाम्रा ब्लगहरु पत्ता लगाएर ठुला ठुला बैज्ञानीकहरु जन्मिन सक्छन।
हाम्रो ब्लगले तत्कालिन अवस्थाको यौटा पाटोलाई चित्रित गर्ने ठुलो पाईला हो भनेर पत्रीकाको पाना भरिने दिन पनि त आउन सक्छ।जे होस मेरो यो अन्दाज मात्र हो।ब्लगको सुरुवात त राम्रो प्रक्रिया हो,म पनि यही त भन्न सक्छु।

Wednesday, September 12, 2007

पीडा द कपि क्याट

कती सारो पिडा भएको आज भोली मलाई----यो वाक्य तपाईंलाई पनि हुन सक्छ।पिडा त पिडा नै हो, तपाइ पनि र म पनि त्यस लाई थाम्न सक्दैनौ।तर पिडा पनि कपि क्याट हुन्छ र?म पनि यही कुरा लाई यहाँ प्रस्तुत गर्न लागेको छु। आज भोली सबै लाई यौटै पिडा छ। शायद तपाईं पनि मेरै पिडा मा त हुनुहुन्न होला,तर पिडा तपाईं लाई पनि कपि हुन सक्छ।बैदेशिक रोजगार को पिडा लाई हेरौ,सबैलाई थाहा छ, त्यस पिडामा कती मान्छे रुम्लिएका छन भनेर तर त्यो पिडा भोली तपाईं लाई पनि सर्न सक्छ।हामी सबैलाई पिडा को जुनसुकै रुप को पनि कपि भएको पाउछौ।हिजो मान्छे मर्ने (माओबादी) आन्दोलनको पिडा सबै लाई थाहा थियो,तर पनि त्यो पिडा मा गाउ गाउ बाट मान्छे हरु सधैं आफु आफुलाईनै हाली रहेका थिए,मानी लिउ सबै लाई त्यही पिडाले समाती रहेको छ।पिडाले कसैलाई छोड्दैन।तर त्यो सबैलाई कपि भएको नै हुन्छ। आज भोली अर्को पिडा पनि छ नेपाली हरु मा त्यो हो राजनीति को पिडा सबै लाई जातिय राजनीतिको पिडाले कार्बोन झै कपि भएको छ।थुप्रै जातिय राजनीतिहरु नेपालमा यौटा पिडाको रुप मा नै छन्।अनी अर्को पिडा हो, नेपाल कै भये पनि नेपाली जस्तो देखिन्छु कि भन्ने पिडा छ (भर्खर मात्र पत्ता लगेको पिडा)। किन कि नेपाली ले त अर्को नेपाली लाई सहयोग गर्नुपर्छ। उस्को सुख दु:ख मा पनि ध्यान त दिनु नै पर्‍यो।नेपालिनै जस्तो नभये पछी त कुरै खलास हैन त। नया नयाँ पिडाहरु आज भोली सबै नेपालीहरुमा देखिन थालेका छन। तर पिडाको कपि भएर तपाईं लाई पनि पर्छ भन्ने कुरा म तपाईं लाई भनी रहेको छु।त्यसैले मलाई परेको पिडा थाहा पाएर तपाईं मक्ख न पर्नुहोला, किनकी मैले पिडा द कपि क्याट भनेर माथि नै भनेको छु है होसियार रहनु होला।

Saturday, September 8, 2007

फेरी एक्पल्ट नारायण गोपाल सँग

फेरी एक्पल्ट नारायण गोपालसँग मैले आफुलाई एक्लो ठानेको थिए।
त्यो एउटा टापु सिङापुर र मलेसियाको बोडरमा एम.पी. थ्रीसँग रमाउदै थिए।
क्षितिज पारी हीड्न तयार जहाजहरु एकै पङ्तीमा लामा भएर बसेका देखिन्थे।
मलाई मेरै एक्लोपनको आभाश थियो। त्यो सुन्दर ठाउँ अनी मेरा नौला तरङहरुले मलाई नै झस्काइ रहेका थिए।
"यौटा मान्छेको मायाले कती फरक पार्दछ,जिन्दगीमा" भन्ने गीत मेरो मुटु
मा एअरफोनको तारबाट मुटु मै प्रबेश गरी रहेको थियो।त्यो बातावरणमा
मैले आफ्नु एक्लो पनमा नारायण गोपाललाई पाउनु पनि बिज्ञानको ठुलो
चमत्कार नै भएको थियो।धन्य छ है, हाम्रा अग्रजहरुलाई जस्ले मानिसका
हरेक परिस्थितीहरु सँग आफुलाई पनि हालेर हेर्ने कुराको बिकास गर्‍यो।

"केही मिठो बात गर'' भन्ने बोलको गीतले मलाई भित्र भीत्रै नारायण गोपाल सँग नयाँ एउटा अटुट सम्बन्धको आवाह्वन गरेको लाग्थ्यो।मालाई ई. सी. पी. पार्कको त्यो
बातावरणमा उन्को राम्रो साथ मिलेको थियो।समुन्द्रको लहर,शान्त अनी
रमाइलो ठाउँमा मैले किन नौलो चिजसँग मितेरी लाए जस्तो भान भये
जस्तो लाग्थ्यो।"माया गर्नेको ,चोखो माया पनि देखियो" यो वाक्यले मलाई
कताकता नेपाल प्रतिको मेरो मायालाई नै जिस्काए जस्तो लाग्यो।
आजकालका तन्नेरीहरुको बीदेशी मोहलाई नै नारायणले जिस्काएका हुन
कि जस्तो लाग्यो मलाई कताकता।"एती धेरै माया दीइ,मन भरी दु:ख नदेउ"
"जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार छ्न्"मैले आफ्नै खेतबारी
हरुको माया सम्झिए। मनमा भएका उथल पुथलहरुलाई नियाले।
नेपालको मायाले, भाषाको मायाले सतएको बेला"यो सम्झिने मन छ, म भुलु कसरी"भन्दा उन्को पनि त्यो बिछोड र मिलनको दोसाध लाई मैले पनि सम्झिए।

"पखाले यी आँखा पनि द्रिश्य उही छ " साच्चै ती मेरो नेपालका द्रिश्य म कसरी
यो छातीबाट हटाउ। "आजै र राती के देखे सपना, मै मरी गएको" भन्ने गीतले मलाई नरमाइलो पनाको आभाश दियो। कतै हरेक नेपालीहरुको प्रतिनिधित्व यो गीतले अहिले गरेको छैन र?

मनमा हरेक बहानामा मरेका सबै नेपालीहरुलाई सम्झिएर मन दुखेर आयो।
धेरै मान्छेको हुलमा मेरो यो मनले नेपाली सम्झना ताजा लिएर हिडिरहेको थियो।
आहा! कती राम्रो द्रिश्य, मनमा तरङहरु खेली रहेका थिए।

"कुल्चिएर आँफै लाई हिंड्नु परया छ।" साच्चै नै हामी सबैको पीडा हो यो वाक्य,
मैले टोलाएर मात्र सोचिरहे। नेपाललाई एउटा बुद्दको खाचो छ। अनी एउटा श्रवन
कुमारको खाचो छ,जस्ले शान्तीका पल्लाहरुमा विश्व शान्तीको मन्दीरमा लग्न सकोस्।

हे! भगवान मेरो नेपाललाई बचाउ, कसरी हुन्छ त्यो हाम्रो आस्थालाई बिक्न नदेउ।
मैले मन मनै कामना गरे। "मलाई नसोध ,कहा दुख्छ घाऊ, म जे छु, ठिकै छु,बिथोल्न न आउ" किन होला धेरै चिन्ताहरुलाई मैले पाए।
"मेरो घाऊ तिमी नहासे पो दुख्छ "साच्चै नै हामीले हास्न पनि बिर्सेंको हो त?
नारायणले शायद हाम्रो यो दु:खद दिनको कल्पना लाई नै हेरर भनेका
हुन कि जस्तो लाग्यो।
"मेरो यो गीतमा,जुन मुर्छना छ,त्यो तिमी होइनौ, को भन्न सक्छ?"
वास्तवमा हामी सबै यो गीतका पङती हौ । हामीलाई त्यही मुर्छनाले सताएको छ।
यीनै गीतका पङ्तीहरुमा झुल्दै त्यो पार्कमा साँझ परेको पत्तै भएन।
नारायण गोपाल दाईलाई याद गर्दै म पनि फेरी अरु गोरेटोहरुमा बिस्तारै हिंडे।
नजिकै साचै कती हरफहरुमा हामीलाई नारायण दाईले समेटे हामीहरु लाई।
सलाम छ, दाई तपाईंलाई।

Thursday, September 6, 2007

जीबन कारखाना


हिजो को जस्तो होइन
पहिलेको जस्तो पनि होइन
किन किन मलाई नयाँ
जीवन चाहियो
मलाई आज जीवन कारखना
खोल्न मन लाग्यो
बम ले पनि नफुट्ने
बन्दुक ले पनि नछेड्ने
एुटा जीवन चाहियो
किन किन मलाई नया
जीवन कार्खना
खोल्न मन लाग्यो
नयाँ होइन मलाई
पुरनो मोडेल नै
पछी लाई होइन अहिले लाई नै
नयाँ जीवन खोज्न मन लाग्यो
किन किन मलाई जीवन
कार्खना खोल्न मन लाग्यो
एक् जीवन ले नपुग्ने भयो
धेरै लाई जिउन गाह्रो भयो
आज को जस्तो जिन्दगी
भोली पनि चाहियो
किन किन मलाई एुटा जीवन
कर्खान खोल्न मन लाग्यो।