
उकाली वरालि,परिवर्तन,घाम छाया,अनी सत्य असत्य केहीपनि होइन रहेछ जिन्दगी।मैले भोगेको मात्र फरक हो कि सबैलाई उस्तै लाग्दछ।केही त भन्नै पर्यो,आखिर के रहेछ जिन्दगी।त्यही बिसौनी अनी त्यही परखाइ नै त हो नी जिन्दगी।अनबरत परखाइ आशा ,अनी भरोसा। तिर्सना अनी वाक्क लाग्दा आशा हरुले जेलेको जिन्दगी। फोकटका विश्वाश अनी आशाका त्यन्द्रा हरुले जालोमा फसेको छ।टाढाको मिर्गतिर्सना हरुमा पनिको आशा लाग्दो सपना हरुले पेट भरेर अघाएको झुसिलो डँकार हो कि जस्तो लाग्छ मलाई त यो जिन्दगी।त्यही भनेर मैले जिन्दगीको भोगाइ बाट टाढा भागन खोजेको त होइन नी।मैले आफुलाई पाएको भारी लाई बिसाउन खोजेको पनि होइन तर त्यो दिन सबैको आउछ तर तेही दिन आउँदैन, जुन दिन सबैलाई चहिएको हुन्छ। मलाई चाहिएको जिन्दगी अर्कोलाई भोगिएको हुन्छ। उस्को भोगिएको हामीलाई चाहिएको हुन्छ। उफ कस्तो बिडम्बना हो यो जिन्दगी। मिलेको दात जस्तो देखाए पनि भयो अनी लुकाए पनि भयो। तालु खुइलिएको जिन्दगी, टोपी बिना हिंड्नै नमिल्ने। लाज छोप्न भये पनि लगाउनै पर्ने। सबैलाई सबैको लाज लाग्ने। मलाई तिम्रो लाज लाग्ने तिमीलाई मेरो लाज लाग्ने। आखिर सबैको लाज चाँही कस्लाई लाग्ने। पाप पनि त छ नी यो जिन्दगीमा ,मलाई कस्को पाप लाग्ने?तिमिलाई कस्को पाप लाग्ने? धर्मको लागि लाग्ने पापलाई धर्मको लाज पनि सधैं लाग्छ।हासलाई कुखुराको लाज लाग्ने। बाख्रालाई बोकाको लाज लाग्ने,बाघलाई मिर्गको पाप लाग्ने कि नलाग्ने?बकुल्लालाई माछाको पाप लाग्ने कि नलाग्ने? जिन्दगीलाई लाग्ने धेरै छन्---पाप,धर्म्,लाज्,अनी मात। जिन्दगीमा लाग्दा पनि नहुने,नलाग्दा पनि नहुने-सबै भन्दा चर्को रहेछ---मात्।रातमा पनि चाहिने,साथमा पनि चाहिने---बिरानोमा पनि चाहिने,सिरानेमा पनि चाहिने। जिन्दगीको मात फेरी कहिले कस्लाई लाग्ने,कहिले कस्लाई लाग्ने।