
फेरी एक्पल्ट नारायण गोपालसँग मैले आफुलाई एक्लो ठानेको थिए।
त्यो एउटा टापु सिङापुर र मलेसियाको बोडरमा एम.पी. थ्रीसँग रमाउदै थिए।
क्षितिज पारी हीड्न तयार जहाजहरु एकै पङ्तीमा लामा भएर बसेका देखिन्थे।
मलाई मेरै एक्लोपनको आभाश थियो। त्यो सुन्दर ठाउँ अनी मेरा नौला तरङहरुले मलाई नै झस्काइ रहेका थिए।
"यौटा मान्छेको मायाले कती फरक पार्दछ,जिन्दगीमा" भन्ने गीत मेरो मुटु
मा एअरफोनको तारबाट मुटु मै प्रबेश गरी रहेको थियो।त्यो बातावरणमा
मैले आफ्नु एक्लो पनमा नारायण गोपाललाई पाउनु पनि बिज्ञानको ठुलो
चमत्कार नै भएको थियो।धन्य छ है, हाम्रा अग्रजहरुलाई जस्ले मानिसका
हरेक परिस्थितीहरु सँग आफुलाई पनि हालेर हेर्ने कुराको बिकास गर्यो।
"केही मिठो बात गर'' भन्ने बोलको गीतले मलाई भित्र भीत्रै नारायण गोपाल सँग नयाँ एउटा अटुट सम्बन्धको आवाह्वन गरेको लाग्थ्यो।मालाई ई. सी. पी. पार्कको त्यो
बातावरणमा उन्को राम्रो साथ मिलेको थियो।समुन्द्रको लहर,शान्त अनी
रमाइलो ठाउँमा मैले किन नौलो चिजसँग मितेरी लाए जस्तो भान भये
जस्तो लाग्थ्यो।"माया गर्नेको ,चोखो माया पनि देखियो" यो वाक्यले मलाई
कताकता नेपाल प्रतिको मेरो मायालाई नै जिस्काए जस्तो लाग्यो।
आजकालका तन्नेरीहरुको बीदेशी मोहलाई नै नारायणले जिस्काएका हुन
कि जस्तो लाग्यो मलाई कताकता।"एती धेरै माया दीइ,मन भरी दु:ख नदेउ"
"जो भाग्यमा कोरिएका सुख दु:ख स्विकार छ्न्"मैले आफ्नै खेतबारी
हरुको माया सम्झिए। मनमा भएका उथल पुथलहरुलाई नियाले।
नेपालको मायाले, भाषाको मायाले सतएको बेला"यो सम्झिने मन छ, म भुलु कसरी"भन्दा उन्को पनि त्यो बिछोड र मिलनको दोसाध लाई मैले पनि सम्झिए।
"पखाले यी आँखा पनि द्रिश्य उही छ " साच्चै ती मेरो नेपालका द्रिश्य म कसरी
यो छातीबाट हटाउ। "आजै र राती के देखे सपना, मै मरी गएको" भन्ने गीतले मलाई नरमाइलो पनाको आभाश दियो। कतै हरेक नेपालीहरुको प्रतिनिधित्व यो गीतले अहिले गरेको छैन र?
मनमा हरेक बहानामा मरेका सबै नेपालीहरुलाई सम्झिएर मन दुखेर आयो।
धेरै मान्छेको हुलमा मेरो यो मनले नेपाली सम्झना ताजा लिएर हिडिरहेको थियो।
आहा! कती राम्रो द्रिश्य, मनमा तरङहरु खेली रहेका थिए।
"कुल्चिएर आँफै लाई हिंड्नु परया छ।" साच्चै नै हामी सबैको पीडा हो यो वाक्य,
मैले टोलाएर मात्र सोचिरहे। नेपाललाई एउटा बुद्दको खाचो छ। अनी एउटा श्रवन
कुमारको खाचो छ,जस्ले शान्तीका पल्लाहरुमा विश्व शान्तीको मन्दीरमा लग्न सकोस्।
हे! भगवान मेरो नेपाललाई बचाउ, कसरी हुन्छ त्यो हाम्रो आस्थालाई बिक्न नदेउ।
मैले मन मनै कामना गरे। "मलाई नसोध ,कहा दुख्छ घाऊ, म जे छु, ठिकै छु,बिथोल्न न आउ" किन होला धेरै चिन्ताहरुलाई मैले पाए।
"मेरो घाऊ तिमी नहासे पो दुख्छ "साच्चै नै हामीले हास्न पनि बिर्सेंको हो त?
नारायणले शायद हाम्रो यो दु:खद दिनको कल्पना लाई नै हेरर भनेका
हुन कि जस्तो लाग्यो।
"मेरो यो गीतमा,जुन मुर्छना छ,त्यो तिमी होइनौ, को भन्न सक्छ?"
वास्तवमा हामी सबै यो गीतका पङती हौ । हामीलाई त्यही मुर्छनाले सताएको छ।
यीनै गीतका पङ्तीहरुमा झुल्दै त्यो पार्कमा साँझ परेको पत्तै भएन।
नारायण गोपाल दाईलाई याद गर्दै म पनि फेरी अरु गोरेटोहरुमा बिस्तारै हिंडे।
नजिकै साचै कती हरफहरुमा हामीलाई नारायण दाईले समेटे हामीहरु लाई।
सलाम छ, दाई तपाईंलाई।