Thursday, September 13, 2007

ब्लग ब्लग अनी ब्लग

श्रुती लेखनबाट सुरु भएको हाम्रो परम्पराले आज भोली ब्लगको रुपमा भएका श्रीजनाहरुले सबैको ध्यानलाई समेटेको पाउदा मलाई खुशी लागेको छ।
कती राम्रो पक्ष छ यो आँफैमा ।श्रीजना हुन्छ एकान्तमा अनी सबैको माझमा धेरै शुभकामनाहरु साथ् फेरी अर्को श्रीजनाको लागि अह्वान लिएर लेखकोलागि तयार हुनलाई अह्वान गर्छ। ती सबै सहयोग जुटाउने हातहरु पनि धन्य छन्।अनी कती ब्लग आए भनेर नियाल्ने आँखाहरु त साचै नै उत्कृष्ट नै हुन। ब्लगले मलाई पनि धेरै नै श्रीजना गराउछ होला जस्तो लाग्छ।
मलाई याद छ त्यो दिन जुन दिनहरु मा म समालोचना दैनिकमा लेखहरु प्रकाशन गर्थे। मलाई मेरो अग्रज दाई डा. तुलसी भट्टराईले तिमीले लेखनु पर्छ है, भन्नु भएको थियो।वहाँलाई मेरो अन्ना कारानिन्नाको समलोचना धेरै मन परेछ।
यहाँ आएर मलाई मान्छेको नजिक भएको कुरा नै जिन्दगीमा बढी अर्थ लाग्छ जस्तो पनि भन्ने लाग्छ।किनकी कम्प्युटरले यदी मलाई सधैं साथ पाउछ भने मलाई पनि त त्यो ठाउँमा केही गरौ कि जस्तो लाग्नु स्वाभाबिक नै हो।
यो त राम्रो पक्ष हो।हामी त यस्तो अवस्थामा छौ कि, हामी प्रयोग त गर्छौ तर त्यस्को भोलीलाई असर कस्तो हुन्छ भन्ने कुराको हामी सबैलाई थाहा हुँदैन।मलाई पनि त थाहा छैन नी।म पनि प्रयोग गर्दैछु। आज भोलीको राम्रो पक्ष भोलीलाई नराम्रो कुरामा पनि त भेटिन सक्छ।
आइन्स्टाइनले नराम्रो कुरालाई त ल्याएनन तर त्यस्को प्रभाव नराम्रो पनि त धेरै रहयो।मतलब मेरो यो होइन, हामी सबै गलत गरी रहेका छौ भन्ने। तर हामी सबैले रुचाएको कुरा नै भोली गलत नहोस भन्ने मेरो मनसाय हो।
आजको यो हाम्रो ब्लगको पारीभाशा भोलीको लागि यौटा ठुलो चुनौती नहोस भन्ने कुरा हो।मलाई त लाग्छ ब्लगपनि भित्ते लेखन प्रकृया जस्तो रुपमा पनि भोलीलाई चुनौती हुन सक्दैन भन्न सकिन्न।
हाम्रा पुर्खाहरुले भित्ता लेखन कार्यलाई ओढारमा पनि बाँकी राखेनन तर आज आएर ओढारको लेखनलाई पुरातात्विक भनेर ठुलो महत्व दीइन्छ।भोलीको जमानामा पनि हाम्रा ब्लगहरु पत्ता लगाएर ठुला ठुला बैज्ञानीकहरु जन्मिन सक्छन।
हाम्रो ब्लगले तत्कालिन अवस्थाको यौटा पाटोलाई चित्रित गर्ने ठुलो पाईला हो भनेर पत्रीकाको पाना भरिने दिन पनि त आउन सक्छ।जे होस मेरो यो अन्दाज मात्र हो।ब्लगको सुरुवात त राम्रो प्रक्रिया हो,म पनि यही त भन्न सक्छु।

No comments: