Wednesday, September 19, 2007

तितो सत्य र मिठो सत्य


सत्य आखिर तितो भएपनि या मिठो नै भएपनि सधैं सत्यनै त रहन्छ। सत्यलाई किन तितो र मिठो भन्नु पर्‍यो र?आखिर हामी हाम्रो जीबन जीउनु पनि त सत्य नै हो,यो तितो सत्य हो कि मिठो सत्य हो त?हाम्रा नेताहरुले जिएको जिन्दगी र उनिहरुले ढाटेको कुराहरुलाई कुन सत्य मान्ने त? हिजो जुन कुरालाई उनिहरुले ठुलो देखाउने दातको रुपमा लिएर आए त्यो पनि सत्य नै हो। आज आएर फेरी अर्को नाटक अघाडी आएको छ,त्यस्लाई सत्य मान्ने कि न मान्ने त?हिजोको जुन कुरालाई राजनीतिक रुपमा स्विकार गरे आज आएर त्यही कुरा नै फेरी अर्को रुपमा आएर बस्यो सत्यको ठाउमा।मलाई त सत्य नै झुटो हुन लाग्यो कि जस्तो लाग्छ।सत्यलाई साथ लिएर सधैं असत्यको नै रुप भेटिन्छ भने किन सत्य र झुटोको बिबादमा रहनु पर्‍यो र?आज भोली हामी सबैको जिन्दगी आखिर ढाटेको भरमा त चलेको छ। हामी खाएको कुरालाई खाएको छैन,गरेको कुरालाई गरेको छैन भनेर नै जिन्दगी बिताइ रहेका छौ।हामी ईन्डियालाई अमेरिका र सिङ्गापुरलाई यूरोप भनेर पनि ढाटी रहेका त छौ। असत्यलाई नै सत्य थानेर बसेका छौ।त्यसैले हामीले हाम्रो जीवनमा असत्यलाई नै त अङ्गालेको छ। आखिर जीबन त असत्य नै रहेछ। जिबनले न त सत्य पायो न त असत्यलाई नै चिन्न सक्यो।यो दोधारको जीबनलाई हामीले कहिले सम्म जिउने हो?मैले भोगेको सत्य हो,हिजो हामी सबैलाई शिक्षा र जागिरको खाचो थियो। आज आएर अमेरिका र यूरोपको खाचो छ। घर घर लाई अरब चाहिएको छ। अनी ब्यक्ती ब्यक्तीलाई आजको रबाफको दौडमा सहभागी हुनु छ। अनी मान्छे मान्छेलाई सधैं सत्य र असत्य ले गाजी रहेको छ। आखिर हामी मिठो सत्य र तितो सत्यको खोजी नै गरिरहेका छौ। कहिले सम्म हामीले सत्यलाई खोज्ने हो?

No comments: